Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

विमान दुर्घटना स्थलमा हेलिकोप्टर अवतरण, शव सङ्कलन सुरु

विमान दुर्घटना स्थलमा हेलिकोप्टर अवतरण, शव सङ्कलन सुरु

images
  • समाचार
  • जेठ १६, २०७९ सोमवार ११:३३ बजे
  • 382
    SHARES
  • images

    काठमाडौं, जेठ १६ । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका यात्रुको शव सङ्कलन सुरु गरिएको छ। जहाज भीरमा ठोक्किएर दुर्घटना भएपछि विमानमा सवार यात्रु र चालकदलका सदस्यसहित २२ जनाको सव छरपष्ट अवस्थामा रहेको र सङ्कलन कार्य सुरु भएको जनाइएको छ। विमानमा सवार २२ जना जीवित अवस्थामा नरहेको बताइएको छ।


    खराब मौसमसँगै बाक्लो बादल लागेपनि नेपाली सेनाको हेलिकोप्टर घटनास्थल नजिकै अवतरण गरेर प्रहरीले सेनाको टोलीले शव सङ्कलन कार्य सूरु गरेका छन्। पोखराबाट मुस्ताङका लागि आइतबार विहान उडेर सम्पर्कविहीन भएको तारा एयरको ट्वीनअटर ९एन एइटी विमान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको मानापाथी हिमालको फेदीस्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहान नजिक दुर्घटना भएको थियो।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology