काठमाण्डाै, जेठ ५ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ। उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच खेल हुने भएको छ।
खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ। राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो भने गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो। दुबै टोलीबीच उपाधिका लागी आज हुने खेलमा कडा प्रतिस्पर्धा हुने देखिन्छ।




