काठमाडौँ, जेठ १५ । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ।
१९ यात्रु र चालक दलका ३ सदस्य गरी २२ जना सहित बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले पुष्टि गरेका हुन्। जहाजमा विदेशी २, भारतीय ४ र १३ जना नेपाली यात्रु थिए।
अहिले पोखरा विमानस्थलले खोजीका लागि हेलिकप्टर पठाइएको छ।




