Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

असल जनप्रतिनिधिको रुपमा काम गर्छु : सुनिता डंगोल

असल जनप्रतिनिधिको रुपमा काम गर्छु : सुनिता डंगोल

images
  • समाचार
  • जेठ १३, २०७९ शुक्रवार १४:१८ बजे
  • 700
    SHARES
  • images

    काठमाडौं, जेठ १३ । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधिको रुपमा आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।

     

    शुक्रबार काठमाडौंमा आयोजित निर्वाचित मत परिणाम घोषणा कार्यक्रममा बोल्दै नवनिर्वाचित उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि जिम्मेवारी बोधको रुपमा लिएको प्रतिक्रिया दिइन् ।

     

    आफूले निर्वाचनको बेला भन्ने गरेको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित, सांस्कृतिक नगरी काठमाडौं महानगरपालिकालाई बनाउने अभियान आजैबाट सुरु भएको उल्लेख गर्दै उनले त्यसमा साथ दिन पनि सबै मतदाताहरूलाई आह्वान गरिन्। उपमेयर डंगोलले आफूहरुको जीतले युवाहरूमा आशाको द्विप बलेको उल्लेख गर्दै त्यसलाई निभ्न नदिने दृढता समेत व्यक्त गरिन्।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology