Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउछौं : नवनिर्वाचित प्रमुख साह

काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउछौं : नवनिर्वाचित प्रमुख साह

images
  • समाचार
  • जेठ १३, २०७९ शुक्रवार १४:१० बजे
  • 382
    SHARES
  • images

    काठमाडौं, जेठ १३ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख वालेन्द्र साहले महानगरलाई आगामी पाँच वर्षमा विश्वकै उत्कृष्ट शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

     

    शुक्रबार राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख साहले नागरिकको आशा अनुरुप सहरको मुहार फेर्ने बताएका हुन्।

     

    “आगामी पाँच वर्षमा निर्वाचनका समयमा नागरिक सामु गरिएको वाचालाई इमान्दारिताकासाथ कार्यान्वयन गर्नेतर्फ लाग्नेछु”, उनले भने, “हाम्रो भिजन, एजेण्डालाई अबको पाँच वर्षमा पूर्णरुपमा कार्य सम्पन्न गर्ने धारणा रहेको छ। सम्पूर्ण नगरवासी, साथीभाई, परिवारजन, सधैँ हामी परिवार थियौं, सधैं परिवार नै रहनेछौं ।”

     

    काठमाडौं महानगरलाई विश्वकै उत्कृष्ट शहर बनाउने आशा रहेको भन्दै उनले संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology