काठमाडौं, जेठ १२ । ललितपुरको बालकुमारीबाट पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सर्लाही लालबन्दी नगरपालिका-१५ का २० वर्षीय सुरेन्द्र थिङ र ४० वर्षीय वीरबहादुर बम्जनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार बिहीबार दिउँसो उनीहरूलाई बालकुमारी पुल नजिकैबाट पक्राउ गरिएको हो।
उनीहरूको साथबाट अमेरिकी एक थान पेस्तोल, चार राउण्ड गोली र २ थान म्याग्जिन बरामद गरिएको छ।




