काठमाडौं, जेठ १२ । अब सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानी विभाग खुल्ने भएको छ। विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउनका लागि बिदाको दिन विभाग खुल्ने भएको हो।
राहदानी विभागबाट जारी सूचना अनुसार विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढीरहेकोले सार्वजनिक विदाको दिन समेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीहरुलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन थालिएको हो।
आगामी जेठ १५ गते आइतबारदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने छ।




