काठमाडौं, जेठ १२ । स्थानीय तह निर्वाचनअन्तरगत काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ।
मतपरिणामअनुसार काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निकै अगाडि छन्। पछिल्लो मतपरिणामअनुसार उनले ५९ हजार १४९ मत प्राप्त गरेका छन्।
निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रोमा र एमालेका केशव स्थापित तेस्रोमा छन्। सिंहले ३७ हजार ५४२ मत प्राप्त गरेकी छन् भने स्थापितले ३७ हजार २१८ मत पाएका छन्।




