काठमाडौं, । मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
बुधबार मुगुबाट नेपालगञ्ज जाँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठविस नगरपालिका–२ सिस्नेस्थित कर्णाली राजमार्गमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा दैलेखको दुल्लु नगरपालिका–९ का करिब ३२ वर्षीय प्रेम सुनार र ३६ वर्षीय काशीराम पाण्डे, कालिकोटको पलाँता गाउँपालिका–३ का ३५ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीय धनकला शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
तीमध्ये ३९ जना घाइते रहेको प्रहरीले जनाएको छ। घाइतेहरु सबैलाई राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो।




