काठमाडौं, जेठ १२ । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।
ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमको बारेमा आफ्नो धारणा राख्न लागेका हुन्। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले देश र जनताका लागि कुनै नयाँ नीति तथा कार्यक्रम नल्याएको भन्दै विरोध गर्दै आएको छ।
आज सङ्घीय संसद्अन्तर्गत दुवै सदनका बैठक बस्दै छन्। आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नेछन्।




