Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

बाँकेका कोभिड अस्पतालमा ८० प्रतिशत शय्या खाली z}

बाँकेका कोभिड अस्पतालमा ८० प्रतिशत शय्या खाली z}

images
  • समाचार
  • आषाढ ६, २०७८ आइतवार १४:०४ बजे
  • 4.3K
    SHARES
  • images

    कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेको अवस्था सामान्य बन्दै गएको छ ।

    जिल्लाका अस्पतालमा हाल ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

    उनका अनुसार बाँकेमा कोरोना सङ्क्रमणदर घट्दै गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएका शय्या खाली हुँदै गएका छन् ।

    बाँकेका कोभिड अस्पतालका ३६१ कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने भएका छन् । बाँकेका साना-ठूला चार अस्पतालले कोभिड कक्षका लागि छुट्याएका ३६१ शय्यामध्ये २७१ शय्या खाली भएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालको २०० शय्यामा १२५ शय्या खाली भएको छ ।

    भेरी अस्पतालमा उपचाररत ६० बिरामीमध्ये १८ जना सिकिस्त छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा कोभिड वार्डका १३० शय्या छुट्याइएकामा ११६ खाली छन् । उक्त अस्पतालमा उपचाररत १४ बिरामीमध्ये आठ सिकिस्त रहेको स्रोत व्यक्ति वलीले बताए । वेष्टर्न अस्पतालमा १६ शय्यामा १५ शय्या खाली भएको छ । युनाइटेड अस्पतालमा १५ शz} य्या छुट्याइएकामा सबै खाली भएको छ ।

     

    images
  • सम्बन्धित विषय:

  • # कोभिड-१९,Covid , USA
  • # Covid update

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology