काठमाण्डाै, जेठ १२ । काठमाण्डौ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह 'बालेन'को मत ६० हजार नजिक पुगेको छ। पछिल्लो मत परिणाम अनुसार महानगरको १ लाख ८३ हजार ६ सय ७९ मत गन्दा साहले ५९ हजार १ सय ४९ मत पाएका हुन्।
यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत पाएकी छन् भने एमालेका उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत पाएका छन्।
यसैबीच, उपमेयरमा भने एमालेकी सुनिता डंगोलले सबैभन्दा धेरै मत पाएकी छन्। उनले अहिलेसम्म ६६ हजार ८ सय ७८ मत प्राप्त गरेकी हुन्। एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले भने २३ हजार ३१ मत पाएका छन्।




