Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

पार्टीको अध्यक्ष पदबाट रवीन्द्र मिश्रले दिए राजीनामा

पार्टीको अध्यक्ष पदबाट रवीन्द्र मिश्रले दिए राजीनामा

images
  • समाचार
  • जेठ ११, २०७९ बुधवार १३:५६ बजे
  • 619
    SHARES
  • images

    काठमाडौं, जेठ ११ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्।

     

    अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आजकै मिति (जेठ ११ गते) बाट राजीनामा दिएको तर पार्टीको साधारण सदस्य भने रहिरहने जानकारी दिए।

     

    उनले स्थानीय तह निर्वाचनमा आएको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै अध्यक्ष पदबाट नैतिकताको आधारमा राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

     

    ‘‘हाम्रा उम्मेदवारहरू “इमानदार र सक्षम” हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छ। बाराको फेटा गाउँपालिका र त्यहाँको दुई वटा वडामा हासिल भएको विजयको सम्पूर्ण श्रेय सो क्षेत्रका अत्यन्तै लोकप्रिय व्यक्तित्व र प्रतिष्ठित समाजसेवी तथा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रुस्तम अन्सारीलाई जान्छ।’’ उनले भनेका छन्, ‘‘मैले पार्टी अध्यक्षबाट राजीनामा दिए पनि नमुना गाउँपालिका निर्माण गर्न उनलाई पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।’’

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology