काठमाडौं, जेठ ११ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तर्गत अब नौ पालिकाको मात्रै अन्तिम परिणाम आउन बाँकी छ।निर्वाचन आयोगको विवरणानुसार ७५३ मध्ये ७४४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा र कटारी नगरपालिका, मधेस प्रदेशमा रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका छ। सुदूरपश्चिममा बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानविनका आधारमा निर्णय आउन बाँकी रहेको छ।




