Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

नवयुग राष्ट्रिय टोलीको कप्तान

नवयुग राष्ट्रिय टोलीको कप्तान

images
  • खेलकुद
  • जेठ ११, २०७९ बुधवार ११:२८ बजे
  • 571
    SHARES
  • images

    काठमाडौं, जेठ ११ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फरवार्ड नवयुग श्रेष्ठलाई नेपाली राष्ट्रिय टोलीको कप्तानमा नियुक्त गरेको छ।


    नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङ र सिनियर खेलाडी रोहित चन्द टोलीमा समावेश नभएपछि एन्फाले नवयुगलाई कप्तानको जिम्मेवारी प्रदान गरेको छ।


    अब नवयुगले कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको खेलका लागि कप्तानी गर्नेछन्। नेपाली टोली एएफसी एसियन कप छनोटको खेलको थप तयारीका लागि बुधबार कतार प्रस्थान गर्देछ।  टोलीलाई बिदाई गर्न आयोजति कार्यक्रममा नवयुगलाई कप्तानको घोषणा गरेको हो।


    राष्ट्रिय टोलीका सिनियर खेलाडी र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादपछि खेलाडीको पक्षमा देखिएका कप्तान किरणलाई एन्फा तथा प्रशिक्षक अलमुताइरीले कुनै खबर नगरी राष्ट्रिय टोलीमै समावेश गरेनन्।


    कुवेतमा हुने एएफसी एसियन कप २०२३ को छनोटको लागि प्रशिक्षक अलमुताइरीले गत शुक्रबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो।

    images
  • सम्बन्धित विषय:

  • # nepali football

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology