अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी पछिल्लो एक सातामा १७ जनाको मृत्यु भएको छ । डोटीमा३जना, सिन्धुपाल्चोकमा३जना, जुम्ला, सप्तरी, काभ्रे, गोरखा, अर्घाखाँची, पाल्पा, कास्की, बाजुरा, कालिकोट, बझाङ र प्युठानमा १/१ जनाको मृत्यु भएको हो ।
पछिल्लो एक सातामा शनिबार दिउँसोसम्म आएको बाढी , पहिरो र डुबानमा परी १७ जना घाइते भएका र २२ जना बेपत्ता भएका छन् । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १०९ जनाको उद्धार गरिएको छ ।




