Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

काठमाडौं महानगर : मेयरमा वालेन र उपमेयरमा सुनिताको अग्रता कायमै

काठमाडौं महानगर : मेयरमा वालेन र उपमेयरमा सुनिताको अग्रता कायमै

images
  • समाचार
  • जेठ १०, २०७९ मंगलवार १५:४४ बजे
  • 793
    SHARES
  • images

    काठमाडौं, जेठ १० । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)ले भारी मतान्तरले अग्रता कायमै राखेका छन्। निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठलाई १९ हजार १०४ मतान्तरले पछि पार्दै वालेनले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका हुन्।

     

    वालेनले ५११६३ मत प्राप्त गर्दा कांग्रेसका सिर्जनाले ३२०५९ मत प्राप्त गरेकी छन्। त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का केशव स्थापितले ३११६६ मत प्राप्त गरेका छन्।

     

    यसका साथै काठमाडौं महानगरको उप प्रमुखमा नेकपा (एमाले)की सुनिता ढंगोल भारी मतान्तर सहित ५२८०१ मत प्राप्त गरे भने नेकपा (एस)का रामेश्वर श्रेष्ठले १७८८४ मत प्राप्त गरेका छन्।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology