काठमाडौं, जेठ १० । स्थानीय तह चुनाव अन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म ८२ हजार ४० मत गणना सकिएको छ। अब तीन हजार आठ सय मत गन्न बाँकी छ।
ललितपुर महानगरपालिकाको मेयरमा अहिलेसम्म कांग्रेसका चिरीबाबु महर्जनले ४० हजार दुई सय ६३ हजार मत प्रप्त गर्नुभएको छ। त्यस्तै एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार आठ सय १० मत प्रप्त गर्नुभएको छ।
उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्यले २४ हजार एक सय ३९ मत प्रप्त गर्दा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १८ हजार ११ मत प्राप्त गर्नुभएको छ।




