काठमाडौं, जेठ १० । सरकारले मंगलबार संसदमा वार्षिक नीति तथा कार्यक्रम पेस गर्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्नेछिन्। यसकै तयारीका लागि संसद भवनलाई सिंगारिएको छ। संसद भवन परिसरमा राष्ट्रिय झण्डा तथा ध्वजापताका टाँगिनुका साथै सरसफाइ गरिएको छ।
राष्ट्रपतिको सवारीलाई ध्यानमा राखेर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ। सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरी सदनले पारित गरेपछि सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुल्छ।




