सिमरा/ २०७८ असार ५ गते । जगदम्बा स्टिल उद्योगमा आज बेलुकी साढे सात बजे आगलागी हुँदा दुई भारतीय मजदुरको घटनास्थलमै मृत्यू भएको छ । घटनामा चार मजदुर घाइते भएका छन् मृत्यू हुनेमा भारतको बिहार घर भएका प्रदिप गौण र रामनाथ महतो रहेका छन् । घाइते चारजनाहरुको सिमरास्थित तराइ अस्पतालमा उपचार भइरहेकोमा गम्भिर अवस्था रहेका राजकुमार विकलाई वीरगञ्जको वयोधा अस्पतालमा रिफर गरिएको छ ।
स्टिल उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा आगलागी भएको हो । दुईवटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिए।





