काठमाडौं, जेठ १० । दाङ तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ।
प्रमुख पदमा एमालेका टिकाराम खड्का एक हजार ६५० मतले अगाडि रहेका छन्। उनले हालसम्म २४ हजार ८९१ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा पनि एमालेको अग्रता कायम रहेको छ। एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २४ हजार ५७२ मत प्राप्त गरेर अग्रस्थान रहेकी छन् भने एकीकृत समाजवादीका जोगबहादुर रानाले १७ हजार ३३३ मत प्राप्त गरेका छन्। उनीहरुबीच सातहजार २३९ को मतान्तर रहेको छ।




