काठमाडौं, जेठ ९ । चितवनको भरतपुर महानगरपालिकामा १ लाख १३ हजार ७७७ मतगणना सम्पन्न भएको छ। जारी मतगणनामा माओवादी केन्द्रकी रेनु दाहालले ४५ हजार ८८७ मत प्राप्त गरेकी छन्।
एमालेका विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका छन्। जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेका छन्।
यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४६ हजार ९१३ मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङले २७ हजार ५५५ मत प्राप्त गरेकी छन्।




