अब बढ्ने निषेधाज्ञामा सवारी साधन कसरी चल्छ?
काठमाडौं । को’रोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा लगाइएकोनिषेधाज्ञा यही असार ७ गते राति १२ बजेसम्म जारी रहनेछ । यसैबीच काठमाडौं, ललितपुर
रभक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु उपत्यकामा पुनः एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थपगर्ने तयारीमा जुटेका छन् ।
उपत्यकाको संक्रमणदर हेरेर नि’षेधाज्ञाको मोडालिटी फेरबदल गर्दै आएको र एकैपटक निषेधाज्ञाह’टाइहाल्यो भने पुनः को’रोना महामारी नियन्त्रण बाहिर जानेमा आफूहरु स’जग रहेको प्रजिअहरुलेबताए ।
हुनत कोभि’ड–१९ सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले असार ७ गतेपछि निषेधाज्ञाको स्वरुपपरिवर्तन गरेर निषेधाज्ञा थप गर्ने निर्णय गरिसकेको छ ।
सीसीएमसीको गत बुधबारको बैठकले निजी तथा सार्वजनिक सवारी–साधन समेत चल्न दिने गरीनिषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो, यस विषयमा समेत प्रशासनकाअधिकारीहरुले छलफल गरिरहेका बताइएको छ ।अहिले खाद्यान्न पसल, पुस्तक, डिपार्टमेन्टलस्टोर, ग्यास पसल, तरकारी पसलहरुलाई प्बिहान ११ बजेसम्म खोल्न दिइएको छ ।
अब भने अरु क्षेत्रमा पनि निषेधाज्ञा खुकुलो बनाउने तयारी गर्दै ६ गते छलफल गरिने जिल्ला प्रशासनकार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । ‘‘सवारी–साधनकोपछिल्लो नम्बरप्लेटको आधारमा चल्न दिने कि भन्ने छ । यसरी पछिल्लो नम्बरप्लेटका आधारमासवारी–साधन चलाउँदा जोर–बिजोर लागु गरेभन्दा सडकमा सवारी चाप कम हुन्छ सवारी–साधनकोहकमा कस्तो मोडालिटी लागु गर्ने भन्नेबारे टुंगोमा पुगेका छैनौँ । यसबारे पनि आइतबार नै निर्णयहुनेछ ।




