Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

७२९ स्थानीय तहको मतपरिणाम : ३२० स्थानीय तह जित्दै कांग्रेस पहिलो

७२९ स्थानीय तहको मतपरिणाम : ३२० स्थानीय तह जित्दै कांग्रेस पहिलो

images
  • समाचार
  • जेठ ९, २०७९ सोमवार १२:२६ बजे
  • 748
    SHARES
  • images

    काठमाडौं, जेठ ९ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत ७२९ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। बाँकी २२ स्थानमा मतगणना जारी छ भने दुई स्थानीय तह उदयपुरको त्रियुगा र बाजुराको बुसिढगंगामा मतदानकै प्रक्रिया बाँकी रहेका कारण ती स्थानीय तहको मतपरिणाम अनिश्चित छ। 

     

    मतपरिणाम सार्वजनिक भएका ७२९ पालिका माध्ये कांग्रेसले ३२० स्थानीय तह जितेर अग्रता कायम गरेको छ। थप ६ स्थानीय तहमा कांग्रेसले अग्रता कायम गरेको छ। १९९ स्थानीय तह जितेर नेकपा एमाले दोस्रो पार्टी बनेको छ। थप ६ स्थानीय तहमा एमालेले अग्रता कायम गरेको छ। १२० स्थानीय तह जितेर तेस्रो पार्टी बनेको नेकपा माओवादी केन्द्रले थप २ स्थानीय तहमा अग्रता कायम गरेको छ।

     

    त्यसबाहेक २९ स्थानीय तह जितेर जनता समाजवादी पार्टी (जसपा) चौथो स्थानमा छ। उसले थप ३ स्थानीय तहमा अग्रता कायम गरेको छ। १७ स्थानीय तह जितेर नेकपा एकीकृत समाजवादी पाँचौ दल भएको छ। उसले थप दुई स्थानीय तहमा अग्रता कायम गरेको छ।

     

    यस्तै १५ स्थानीय तह जितेर छैटौं भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले थप एक स्थानीय तहमा अग्रता कायम गरिरहेको छ।

    images
  • सम्बन्धित विषय:

  • # local election

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology