Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमाले अगाडी

पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमाले अगाडी

images
  • समाचार
  • जेठ ९, २०७९ सोमवार ११:३९ बजे
  • 451
    SHARES
  • images

    काठमाडौं, जेठ ९ । पछिल्लो मतगणना अनुसार पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारको अग्रता कायम छ।

     

    हालसम्म एक लाख २२ हजार २१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्यले ४९ हजार २४१ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा(एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४५ हजार २६२ मत प्राप्त गरेका छन्।

     

    उपप्रमुखमा भने एमालेकी मञ्जुदेवी गुरुङ ५१ हजार ५८९ मतसहित अघि छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४८ हजार ४९२ मतसहित उनलाई पछ्याएकी छन्।

    images
  • सम्बन्धित विषय:

  • # local election

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology