काठमाडौं, जेठ ८ । चितवनको भरतपुर महानगरपालिकामा सत्तागठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता बढाउँदै लगेकी छन्।
अहिलेसम्म ९४२३२ मत गणना हुँदा रेनुले ३७०२७ मत ल्याएकी छन् भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भने २८९६८ मत ल्याएका छन्।
दाहाल र सुवेदीबीच ८०५९ को मतान्तर छ।




