काठमाडौँ, जेठ ८ । एक महानगरसहित ७०५ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ। आइतबार बिहानसम्ममा मोरङको विराटनगर महानगरपालिकासहित देशभरका ७०५ स्थानको परिणाम सार्वजनिक भएको हो।
पछिल्लो परिणामअनुसार ३ सय ११ स्थान जितेर कांग्रेस पहिलो स्थानमा छ। दोस्रोमा रहेको एमालेले १९०, माओवादी केन्द्रले १२० पालिका प्रमुख जितेको छ।
यस्तै जनता समाजवादी पार्टीले २८, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा जित हात पारेको निर्वाचन आयोगले जनाएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १०, स्वतन्त्र उम्मेदवारले ९ स्थानमा जित हाँसिल गरको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमोर्चाले र नागरिक उन्मुक्ति पार्टीले समान ४/४ पालिकामा जित निकाले छन्।
त्यस्तै जनमत पार्टीले २, मजदुर किसान पार्टी, तमलोपा, जनता प्रगतिशील पार्टीले र विवेकशील साझाले समान १/१ स्थानमा जित निकालेका छन्।
जारी मतगणनामा प्रमुखतर्फ कांग्रेस १४, एमाले १६, माओवादी २, जसपा ४, एकीकृत समाजवादी २, लोसपा ५ र अन्य दलले ५ स्थानमा अग्रता लिइरहेका छन् ।




