Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

बालेन शाह ४० हजार नजिक, सिर्जनाभन्दा केशव ४९५ मतले पछाडी

बालेन शाह ४० हजार नजिक, सिर्जनाभन्दा केशव ४९५ मतले पछाडी

images
  • समाचार
  • जेठ ८, २०७९ आइतवार ११:०८ बजे
  • 463
    SHARES
  • images

    काठमाडौं, जेठ ८ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता निरन्तर कायम राखेका छन्।

     

    पछिल्लो मतपरिणाम अनुसार बालेनले ३९ हजार ५ सय १५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार २७० मत ल्याएकी छिन्। उनलाई पछ्याउँदै नेकपा एमालेका केशव स्थापितले २१ हजार ७७५ मत प्राप्त गरेका छन्। सिर्जना भन्दा केशव ४ सय ९५ मतले पछाडी छन्। त्यस्तै, राप्रपाका मदनदास श्रेष्ठले १७ सय ९६ मत ल्याएका छन्।

     

    त्यस्तै, उपप्रमुखमा एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मतसहित अग्र स्थानमा छिन् भने उनलाई गठबन्धनका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत ल्याउँदा राप्रपाकी बिनिता मगैयाले ३६ सय २३ मत ल्याएकी छिन्।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology