काठमाडौं, जेठ ८ । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाहको अग्रता कायमै छ।
१ लाख ९ हजार ५३७ मत गन्दा मेयरमा स्वतन्त्र उमेदवार बालेनले ३९ हजार ६ मत प्राप्त गरी अग्रस्थानमा छन्। दोस्रोमा नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २२ हजार ७२ मत प्राप्त गरी दोस्रो स्थानमा छिन्।
नेकपा एमालेका उमेदवार केशव स्थापित २१ हजार ५७१ मतका साथ तेस्रो स्थानमा छन्।




