Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

हालसम्म ६ सय ९० वटा पालिकाको मत परिणाम सार्वजनिक

हालसम्म ६ सय ९० वटा पालिकाको मत परिणाम सार्वजनिक

images
  • समाचार
  • जेठ ७, २०७९ शनिवार १२:२५ बजे
  • 613
    SHARES
  • images

    काठमाण्डाै, जेठ ७ । अहिलेसम्म ६ सय ९० वटा पालिकाको नतिजा आएको छ। निर्वाचन आयोगका अनुसार २ सय ४३ नगरपालिका र ४ सय ४७ गाउँपालिका गरी ६ सय ९० पालिकाको मत परिणाम सार्वजनिक भएको हो।

     

    नेपाली कांग्रेसले मेयर १ सय २१ र अध्यक्षमा १ सय ८४ गरी ३ सय ५ पालिकामा प्रमुख पद जितेको छ। उपमेयरमा ९३ र उपाध्यक्ष १ सय ८७ गरी २ सय ८० ठाउँमा कांग्रेसले उपमेयर तथा उपाध्यक्ष जितेको छ।

     

    नेकपा एमाले मेयरमा ६६ र अध्यक्षमा १ सय २१ गरी १ सय ८७ पालिकामा जितेको छ। एमालेले उपमेयर ८९ र उपाध्यक्ष १ सय २२ गरी २ सय ११ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ।

     

    माओवादी केन्द्रले मेयर २३ र अध्यक्ष ९६ गरी १ सय १९ पालिकामा प्रमुख तथा उपमेयर ३१ र उपाध्यक्ष ९३ गरी १ सय २४ पालिकामा उपमेयर तथा उपाध्यक्ष पद जितेको छ।

     

    एकीकृत समाजवादीले ९ पालिकामा मेयर, जसपाले १९ पालिकामा अध्यक्ष तथा स्वतन्त्र र अन्य दलले अहिलेसम्म ५१ वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका निर्वाचन आयोगको विवरण छ। 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology