काठमाडौं, जेठ, ६ । एक साताअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ। शुक्रबार बिहान ११ बजेसम्म ६३४ स्थानको नतिजा घोषणा भएको हो। अब ११९ स्थानीय तहको नतिजा आउन बाँकी छ।
आयोगका अनुसार केही स्थानको मतगणना सुरु हुन बाँकी रहेपनि अधिकांश स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ। महानगरपालिकाको गणना जारी रहेपनि धेरै मत रहेकाले अझै केही दिन लाग्न सक्ने देखिएको छ। आयोगका अनुसार अहिलेसम्म सबैभन्दा धेरै स्थानीय तह काँग्रेसले जितेको छ भने दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ।




