Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

डब्लुएचओका महानिर्देशकले ट्वीटबाट गरे नेपाली स्वास्थ्यकर्मीको प्रशंसा

डब्लुएचओका महानिर्देशकले ट्वीटबाट गरे नेपाली स्वास्थ्यकर्मीको प्रशंसा

images
  • समाचार
  • आषाढ ५, २०७८ शनिवार १७:३० बजे
  • 946
    SHARES
  • डब्लुएचओका महानिर्देशकले ट्वीटबाट गरे नेपाली स्वास्थ्यकर्मीको प्रशंसा
    images

    यो दृश्यलाई स्थानीय स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीले खिचेकी थिइन् । सामाजिक सञ्जलामा चर्चामा रहेको यही भिडियो डब्लुएचओका महानिर्देशकले ट्वीट गरेका हुन् ।

    ‘स्वास्थ्यकर्मीहरु जीवनरक्षाका लागि कति टाढासम्म पुगिरहेका छन्,’ महानिर्देशक टेड्रोसले भनेका छन्, ‘धेरै ठाउँमा यी हिरोहरुलाई अझै खोपबाट वञ्चित गर्नु कति न्यायोचित होला ?’

    खोपको समान वितरणको वकालत गर्दै आएका टेड्रोसले भनेका छन्, ‘खोपको समान वितरणका लागि हाम्रो शक्ति र कर्तव्यअनुसार सकेजति गर्नुपर्छ, अहिले नगरे कहिले गर्ने ?’

    मुस्ताङको लेतेमा असार १ गते कोरोना खोपको दोस्रो डोज लाउने तालिका थियो । स्थानीय स्वास्थ्यचौकीमा ६० बर्षमाथिका जेष्ठ नागरिकलाई बोलाइसकिएको थियो । तर, कोल्डस्टोरमा रहेको खोप ढुवानी गर्ने क्रममा स्थानीय छापताङ खोलामा बढेर आयो । गाडी तार्न सक्ने अवस्था नभएपछि गाडी चालक र स्वास्थ्यकर्मीले लठ्ठीको सहाराले खोप राखिएको बाकस तारे ।

     

    images
  • सम्बन्धित विषय:

  • # Covid update
  • # covid nepal
  • # covid vaccine

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology