काठमाडौं, जेठ ४ । तनहुँमा एक ९९ वर्षीय वृषसिंह गुरुङले स्टेचरमा आएर पुनः मतदान गरेका छन्। व्यास नगरपालिकाको नगर प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीबाट कुटपिट भएपछि रोकिएको मतदान केन्द्रमा बुधबार पुनः मतदान भएको हो।
व्यास नगरपालिका वडा नं. ८ को २ वटा मतदान केन्द्रमा बुधबार पुनः मतदान गरिएको थियो। निर्वाचन आयोगको शनिबार भएको निर्णयानुसार शुक्रबार भएको मतदानलाई रद्ध गरी पुनः मतदान गर्नु भनी निर्देशन भई आएकाले बुधबार पुनः मतदान भएको हो।
मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाका अनुसार विहान ७ बजे देखि अपरान्ह ५ बजेसम्म पुनः मतदान हुँदैछ।




