कंगना रनावतको पासपोर्ट विभागले नवीकरण गर्न मानेन
बलिउड अभिनेत्री कंगना रनावत आफ्नो पासपोर्टको कारण झमेलामा फसेकी छिन्।
पासपोर्टको समय सेप्टेम्बरमा सकिने र भारतीय पासपोर्ट विभागले अभिनेत्री कंगनाको पासपोर्ट नवीकरण गर्न नमानेपछि उनी अदालत पुगेकी छिन्। उनको उजुरीको सुनुवाइ जुन १५ मा नै भएको थियो तर उनले बुझाएको आवेदन स्पष्ट नभएको भन्दै अदालतले म्याद थपेर जुन २५ गते पुर्याएको छ। जस कारण उनको सुटिङ एक हप्ता पछाडि सरेको छ।
आफ्नो नयाँ फिल्म ‘धाकड’को सुटिङका लागि रनावत यही जुन १५ मा हंगेरी जाने तयारीमा थिइन्। तर यता कंगनाको नाममा गत वर्ष बान्द्रा प्रहरीमा उजुरी दर्ता गरिएको थियो। जस कारण विभागले उनको पासपोर्ट नवीकरण गर्न नमानेको हो।
आफ्नो सुटिङका लागि ; पासपोर्ट नवीकरण नहुँदा ; कंगना बाहिर जान पाएकी छैनन्।





