Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

खराब ब्याटिङसँगै जिम्बावे ए लाई नेपालको १३७ रनको सामान्य लक्ष्य

खराब ब्याटिङसँगै जिम्बावे ए लाई नेपालको १३७ रनको सामान्य लक्ष्य

images
  • खेलकुद
  • बैशाख २३, २०७९ शुक्रवार १२:०७ बजे
  • 532
    SHARES
  • images

    काठमाडौं, बैशाख २३ । खराब ब्याटिङसँगै घरेलु टोली नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा जिम्बावे ए लाई १ सय ३७ रनको सामान्य लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ३१.३ ओभरमा १ सय ३६ रनमा अल आउट हुन पुग्यो।

     

    नेपालका सोमपाल कामीले ७० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३० रन बनाए। करण केसीले ३६ बलमा ३ चौकासहित २५ रन बनाए भने अन्य ब्याटरले चल्न सकेनन्। तीव्र गतिका बलर भिक्टर न्याउचीले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई १९ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए। १० बल खेलेका कुशलले ४ चौका प्रहार गरे। अर्को ओभरको पाँचौं बलमा ब्राड ईभान्सको बलमा आसिफ शेख ५ रनमा एज लागेर विकेटकिपर क्लाइभ मडान्डेबाट क्याच भए।

     

    खेलमा इभान्सले आठौं ओभरको दोस्रो बलमा रोहित पौडेललाई ३ रनमा एलबीडब्लू आउट गरे। इभान्सले दशौं ओभरको पाँचौं बलमा दीपेन्द्रलाई विकेटकिपरबाट १८ रनमा क्याच गराएपछि नेपालको ठूलो योगफलको सम्भावना सकिएको थियो।

     

    स्पिनर ब्रेन्डन मभुताको बलमा ठूलो सट खेलेका आदिल अन्सारी लङअफमा इभान्सबाट २ रनमा क्याच भए। सुशान भारी ११ बल खेल्दै शून्यमा मभुताको बलमा बोल्ड आउट भए।

     

    जिम्बावे ए का तीव्र गतिका बलर ब्राड इभान्सले ८.३ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए। भिक्टर न्याउचीले ६ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए। ब्रेन्डन मभुताले ७ ओभरमा १ मेडनसहित २४ रन खर्चेर २ विकेट लिए भने चेपाश झुवाओले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nepali cricket

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology