Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

रामचन्द्र पौडेलसँगको भेटमा पनि जगन्नाथ पौडेलले राखे उम्मेदवारी फिर्ता नलिने अडान

रामचन्द्र पौडेलसँगको भेटमा पनि जगन्नाथ पौडेलले राखे उम्मेदवारी फिर्ता नलिने अडान

images
  • समाचार
  • बैशाख २२, २०७९ बिहिवार ११:४३ बजे
  • 940
    SHARES
  • images

    काठमाडौं, बैशाख २२ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान कायमै राखेका छन्।

     

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटमा उनले उम्मेदवारी फिर्ता नलिने अडान राखेका हुन्।वरिष्ठ नेता पौडेलले बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मिना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठलाई पनि भेटेका थिए। भेटमा रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरेको तर आफूले नमानेको पौडेलले बताए।

     

    ‘उहाँले आफ्नो कुरा गर्नुभयो, हामीले धेरै अगाडि बढेको, उत्साहजनक अवस्था रहेकाले कसैलाई पनि समर्थन गर्न नसकिने बतायौं,’ पौडेलले भने, ‘हामी कांग्रेस बचाउन रूख बचाउन लागेको हो, बरू तपाईंहरू किन यसमा लाग्नुभएन भनेर प्रश्न गर्यौं, उनले भने।

     

     

     

    images
  • सम्बन्धित विषय:

  • # nepali congress

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology