Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

२४ घण्टाभित्र १९ जनामा कोरोना सङ्क्रमण, १८ जना सङ्क्रमणमुक्त

२४ घण्टाभित्र १९ जनामा कोरोना सङ्क्रमण, १८ जना सङ्क्रमणमुक्त

images
  • समाचार
  • बैशाख २१, २०७९ बुधवार १६:४४ बजे
  • 1.1K
    SHARES
  • images

    काठमाडौं, बैशाख २१ । पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। तीन हजार ८३१ जनामा परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको हो।

     

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३७३ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा सङ्क्रमण भएका छन्। एक हजार ४४८ जनाको एन्टिजेन परीक्षण गर्दा कसैको पनि सङ्क्रमण पुष्टि भएको छैन। मन्त्रालयका अनुसार आज १८ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

     

    मन्त्रालयका अनुसार २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। उक्त समयमा देशभर तीस हजार ६५६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन। हाल देशभर २१७ जना सकृय सङ्क्रमित छन्।

     

     

    images
  • सम्बन्धित विषय:

  • # Covid update

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology