Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

आसिफको उत्कृष्ट ब्याटिङमा जिम्बावे ए माथि नेपालको सहज जित

आसिफको उत्कृष्ट ब्याटिङमा जिम्बावे ए माथि नेपालको सहज जित

images
  • खेलकुद
  • बैशाख २१, २०७९ बुधवार १६:२२ बजे
  • 859
    SHARES
  • images

    काठमाडौं, बैशाख २१ । ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपालले तेस्रो टि२० अभ्यास खेलमा जिम्बावे एमाथि ८ विकेटको सानदार जित निकालेको छ। योसँगै तीन टि२० खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ।

     

    जितको लागि १ सय ३७ रनको सामान्य बिजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा ओपनर तथा विकेटकिपर आसिफ शेख ५४ बलमा १३ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे। पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ९.३ ओभरमा ८८ रनको साझेदारी गर्दै जितको आधार सहज बनाएका थिए।

     

    कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा बोल्ड भए। ब्रेन्डन मभुताले कुशललाई बोल्ड गरेका थिए बसिर अहमद १० रनमा आउट भए।

     

    त्यसअघि टियु मैदानमा टस जितेर ब्याटिङ थालेको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो। जिम्बावे ए का रोय कैयाले ४१ बलमा ७ चौकासहित सर्वाधिक ४९ रन बनाए। ओपनर इनोसेन्ट कैया १४, टडिवानाशे मरुमानी २७ र टोनी मन्योङ्गा २ रनमा आउट भए। ल्यूक जांगवे २३ बलमा २ चौकासहित २३ रनमा अविजित रहे।

     

    नेपालका सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए। सोमपाल कामीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए। बसिर अहमदले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए। तीन टि२० सिरिजमा नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो। दोस्रो खेल भारी वर्षाको कारण रद्द भएको थियो ।

     

    अव तीन एकदिवसिय अभ्यास खेल हुनेछ । नेपाल र जिम्बावे ए बीचको पहिलो एकदिवसिय अभ्यास खेल शुक्रबार हुनेछ। एकदिवसिय सिरिजको लागि भने नेपालले फरक टोली घोषणा गरेको छ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nepali cricket

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology