काठमाण्डौ, बैशाख २१ । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ।
मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गरेका थिए। एआईजी पोखरेल सिंहभन्दा १६ महिना पहिलो एआईजीमा बढुवा भएका थिए। उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफु अगाडी रहेको भन्दै सिंह नियुक्ति कानुनविपरीत भएको रिटमा दावी गरेका छन्।
रिट निवेदनमा पोखरेलले संविधानको धारा ४६ तथा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषण र परमादेश समेतको माग दाबी गर्दै रिट निवेदन दर्ता गराएका हुन् म। पोखरेलले आफू नै वरिष्ठ अतिरिक्त प्रहरी महानिरीक्षक रहेको हुँदा परमादेशमार्फत प्रहरी महानिरीक्षक बनाउन माग दाबी समेत गरेका छन्।




