काठमाडौं । तीजका लागि लक्षित गरेर ल्याइने तीज गीतमा मौलिकता समेट्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आग्रह गरेको छ । तीज गीतका नाममा पछिल्लो समय जथाभावी शब्द प्रयोग गरेर गीत बजारमा ल्याउनाले विकृति बढेको भन्दै प्रतिष्ठानले यस्तो आग्रह गरेको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अपीलमा भनिएको छ– ‘तीज गीतको नाममा विकृति बिसङ्गति भित्रिएको भनेर बर्षेनी धेरै गुनासो आउने गरेकोले प्रतिष्ठानले यस्ता गीतमा यो वर्ष विषेश ध्यान दिएको छ ।’
श्रष्ठा, सर्जक, गायक, गायिका लगायत सबैलाई प्रतिष्ठानले सामाजिक मर्यादामा खलल पुर्याउने, अपाच्य शब्द प्रयोग गरेर संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न अनुरोध समेत गरेको छ ।
press statement :





