काठमाडौं, बैशाख १९ । आफूभन्दा जुनियर एआईजीलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
आफूभन्दा जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरिएको भन्दै सोमबार पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन्।
सरकारले आइतबार सिंहलाई आईजीपी नियुक्त गरेको थियो। सिनियरलाई पाखा लगाउँदै आईजीपी नियुक्त गरिएको भन्दै सत्तारूढ दल नेपाली कांग्रेसकै नेताहरूले पनि सरकारको विरोध गरिरहेका छन्।




