
काठमाडौं,
अविरल वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको भवन गत शुक्रबार ढलाएको छ । भवनमा प्रहरी कर्मचारीहरु चाहिँ बसेका थिएनन् ।
हेलम्बुमा प्रहरीको चौकी पाँच महीनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको थियो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेट दिएको थियो ।




