Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

आक्रामक ब्याटिङ गर्दै जिम्बावे ए लाई नेपालले दियो १८२ रनको लक्ष्य

आक्रामक ब्याटिङ गर्दै जिम्बावे ए लाई नेपालले दियो १८२ रनको लक्ष्य

images
  • खेलकुद
  • बैशाख १८, २०७९ आइतवार १४:५७ बजे
  • 1.2K
    SHARES
  • images

    काठमाडौं, बैशाख १८ । फिनिसर आदिल अन्सारीको आक्रामक ब्याटिङमा नेपालका पहिलो टि२० अभ्यास खेलमा जिम्बावे ए लाई १ सय ८२ रनको बलियो लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको हो।

     

    नेपालका आदिल अन्सारी २७ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४७ रनमा अविजित रहे। ओपनर कुशल भुर्तेलले ३१ बलमा ८ चौकासहित ४६ रनमा आउट भए। त्यस्तै आसिफ शेखलाई ९ रन,  रोहित पौडेल ३६ रन, दीपेन्द्र १३ बलमा १ चौका र २ छक्कासहित २८ रन, आरिफ शेख २ र करण केसीले ४ रन बनाए।

     

    जिम्बावेका जोन मसारा, ब्रेन्डन मभुता, ल्यूक जोंगवे र ब्राड ईभान्सले १–१ विकेट लिए।

     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology