काठमाडौं, बैशाख १८ । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्दैछ।
बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ। दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले यसको निर्णय गर्न लागेको हो। नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदै छन्।
नेपाल प्रहरीको नियमावलीमा प्रहरी अतिरिक्त महानिरीक्षक अर्थात् एआईजी मध्येबाट बढुवा गरी प्रहरी महानिरीक्षक बनाउने उल्लेख छ।




