२४ जेष्ठ २०७८, सोमबार
मुम्बई । फोक्सोमा पानी जमेर श्वासप्रश्वासमा समस्या आएपछि ९८ वर्षे बलिउड अभिनेता दीलिप कुमार मुम्बईको पीडी हिन्दुजा अस्पतालमा आइतबार बिहान भर्ना भएका छन् ।पारकरले हालसम्म अवस्था ठिक भए पनि उमेरका कारण केही भन्न सक्ने अवस्था नरहेको खुलाए दिलिपकुमार को अक्सिजन लेभल पनि तलमाथि भइरहेको उनले जानकारी दिए । उनकी पत्नी सायरा बानोले नियमित स्वास्थ्य जाँचका लागि नान कोभिड पीडी हिन्दुजा अस्पतालमा भर्ना गरिएको बताइन् । (एजेन्सी)





