Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

उम्मेदवारी फिर्ता गराउन उम्मेदवारलाई धम्की प्रलोभन नदिन निर्वाचन आयोगको आग्रह

उम्मेदवारी फिर्ता गराउन उम्मेदवारलाई धम्की प्रलोभन नदिन निर्वाचन आयोगको आग्रह

images
  • समाचार
  • बैशाख १६, २०७९ शुक्रवार १५:५५ बजे
  • 1.3K
    SHARES
  • images

    काठमाडौं, बैशाख १६ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदिन आग्रह गरेको छ ।

     

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति निकालेर कतिपय उम्मेदवारको मनोनयन फिर्ता लिन धरपकड भइरहेका सूचना आयोगमा आएको उल्लेख गरेका छन्।

     

    ‘स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवारी दर्ताको मनोनयन गराउनु भएका कतिपय उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक धम्की धरपकड र प्रलोभन देखाएको भन्ने समेतका सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगले भनेको छ।

     

     

    images
  • सम्बन्धित विषय:

  • # nirbachan aayog

  • images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology