काठमाडौं, बैशाख १६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जना पक्राउ परेका छन्।
सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रा लि मार्फत हिमालय एयरलाइन्सको विमान सफा कर्मचारीले ‘विमानको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोजेको पाइएपछि सफाई कर्मचारीसहित पाँच जना पक्राउ परेको प्रहरीले बताएको छ।
पक्राउ पर्नेमा कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी छन्। तिनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी हुन्।




