नेपाली फिल्मका पुराना छायाँकार राम शंकर प्रधानको आइतवार साँझ साढे १० बजे वीर अस्पतालमा निधन भएको छ । लामो समयदेखि डायलासिस गराउँदै आएका ७२ वर्षिय स्वर्गीय प्रधानका श्रीमती, दुई छोरी र एक छोरा छन् । प्रधानको पशुपति आर्यघाटमा सोमवार बिहान अन्त्येष्टि गरिएको छ ।
उनले ‘पर्खि बसेँ,, फेरि तिम्रो याद आयो, सुन्दर मेरो नाम, रगत, लगनगाँठो, अजम्बरी नाता’ लगायत तीन दर्जन बढी फिल्म खिचेका छन् ।





