काठमाडौं, बैशाख १३ । पछिल्लो २४ घण्टामा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पाॅच हजार २२६ जनामा परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चार हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा र एक हजार १६२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा सङ्क्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार आज १८ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण मुक्त हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। उक्त समयमा देशभर छयासी हजार १३६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन। हाल देशभर २६१ सकृय सङ्क्रमित छन्।




