काठमाडौं, बैशाख १३ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टि२० क्रिकेट लिग आयोजना गर्ने भएको छ। क्यानले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल टि२० आयोजना गर्ने घोषणा गरेको छ।
नेपाल टि२० आयोजना गर्न क्यानले दुई महिना अगाडिनै राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट अनुमति पाएको थियो। भारतीय कम्पिनी सेभेन थ्रि स्पोर्ट्स नेपाल टि२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रुपमा रहनेछ। क्यानले नेपाल टि२० आयोजना गर्न यसअसघि नै सेभेन थ्रि स्पोर्ट्ससँग ८ वर्षको लागि ३३ करोडको सम्झौता गरेको छ। सेभेन थ्रि स्पोर्ट्ससँग सम्झौता १० वर्ष भएपनि दुई वर्ष घटाउँदै ८ वर्षमा झारेको हो।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार नेपाल प्रिमियर लिग अन्य कसैले दर्ता गराएको हुँदा नेपाल टि२० को नामबाट आयोजना गर्न लागिएको हो। प्रतियोगिता सेप्टेम्बरमा गर्ने तयारी गरेको छ। कप्तान सन्दीप लामिछानेले युवा खेलाडीलाई सहयोग पुग्ने बताएका छन्।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टि२० ले क्रिकेट विकासकोसँगै अन्तर्राष्ट्रिय प्रदर्शनमा सुधार आउने बताउँछन् । खेलकुद मन्त्री महेश्वर जंग गहतराजले क्रिकेटमात्र नभएर समग्र आर्थि




